८ बैशाख २०८१, शनिबार
Follow Us

कोरिया जान सीप परीक्षण अनिवार्य

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७६, बुधबार ०३:००

 

काठमाडौँ – नेपाली कामदारमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ । स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नीति लिएको हो ।

कोरियाले सन् २०२० जनवरी १ देखि लैजाने नेपाली कामदारको सीप परीक्षण गर्ने भएको छ । गत जुन ८ र ९ को भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार ९ जना सीप परीक्षणमा सहभागी हुनुपर्नेछ । यसका लागि नोभेम्बर २० मा परीक्षा तय भएको छ । भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागी भएका थिए ।

‘कोरियालाई पढे/लेखेको होइन, मसल भएको सीपयुक्त जनशक्ति चाहिएको हो,’ वैदेशिक रोजगार विभाग, कोरिया शाखाका सूचना अधिकारी शोभाकार भण्डारीले भने, ‘पढेलेखेकाहरू भाषा परीक्षामा पास भएर गएपछि रोजगारदाता परिवर्तन गर्ने र डिप्रेसनमा पर्ने समस्या भयो ।’कान्तिपुर दैनिकमा खबर छ ।