१४ बैशाख २०८१, शुक्रबार
Follow Us

योगेशको ५ बुँदे सुझावः जिम्मेवारीलाई बिर्ता नठानियोस्

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७६, बुधबार ०७:२७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले कार्यविभाजन र जिम्मेवारी बाँडफाडमा ५ वटा कुरामा ध्यान दिन सुझाव दिएका छन् ।
नेकपामा कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भाईरहेका वेला भट्टराइले योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिनुपर्ने, कुनैपनि व्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवारी दिन नहुने, एकएक वर्षमा जिम्मेवारी हेरफेर गर्नुपर्ने लगायतका ५ बिषयमा नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
१. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊ ।
२. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ ।
३. पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊ ।
४. प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई बैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊ । हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौ । त्यसका आधारमा पुरस्कृत र दण्डित गर्ने पारीपाटी बसालौं ।
५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौ र बुझाआंै ।