१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन युकेको महासचिवमा त्रिपाठीले तेस्रो पटक उम्मेदवारी दर्ता गर्ने

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७६, बुधबार ०८:२२

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव राजकुमार त्रिपाठीले पुनः महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

त्रिपाठीले गैरआवासीय नेपाली संघ युकेको सेप्टेम्बर १४ तारिख हुने आसन्न निर्वाचनमा महासचिव पदको उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएन युके महासचिव त्रिपाठीले १९–२१ का लागि पनि पुनः उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनको यो तेस्रो उम्मेदवारी हो ।

बेलायतमा एक दशक भन्दा बढि विभिन्न सामाजिक कामहरुमा सक्रिय व्यक्तित्व आरके त्रिपाठी पेशाले सिभिल ईन्जिनियर हुन् ।

एनआरएन यूकेलालाई संस्थागत सञ्चालनमा योगदान दिएका त्रिपाठीले दोहोरो नागरिकता, भूपू गोर्खाहरुको अधिकार सुनिश्चिततालगायतका विषयमा आफ्ना अभियान केन्द्रित गर्दै आएका छन् ।

त्रिपाठीले बेलायतका विभिन्न सामाजिक संघसंस्थाहरुको अगुवा, एनआरएनए अभियान्ताहरुको विशेष आग्रह अनुसार आफू पुनः दोहोर्‍याउने मनस्थितिमा पुगेको बताएका छन् ।