१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बालिकालाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको अभियोगमा शिक्षक पक्राउ

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७६, बुधबार १६:५७

पोखरा–एक बालिकालाई बन्धक बनाई जबर्जस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् ।

चौध वर्षीया ती बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा मोरङको विराटनगर घर भई हाल उदयपुरको चौँदण्डी नगरपालिका–७ को म्यारीगोल्ड सेकेण्डरी आवासीय विद्यालयका शिक्षक २८ वर्षीय राकेशकुमार कानोडियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

पोखराको एक होटलबाट बन्धक बनाइराखेको अवस्थामा ती बालिकालाई उद्धार गरिएको प्रहरी प्रवक्ता एवं नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । ती बालिकालाई आठ दिनसम्म बन्धक बनाइराखेको थियो । उनको मोबाइलसमेत कानोडियाले जफत गरेका थिए । ती बालिकाको स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको प्रवक्ता केसीले जानकारी बताए ।