८ बैशाख २०८१, शनिबार
Follow Us

अर्को कार्यकालका लागि चुनाव नलड्ने भवन भट्टको घोषणा (भिडियो)

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७६, बुधबार १९:४५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आफूले अर्को कार्यकालको लागि चुनाव नलड्ने घोषणा गरेका छन् ।
बिहीबार मध्यरात एक विशेष सम्बोधन गर्दै भट्टले आफूले अर्को कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरेका हुन् ।
आगामी कार्यकालका लागि भट्टले चुनाव लड्ने या नलड्ने भन्नेबारे एनआरएनभित्र चासो बढिरहेको बेला उनले चुनाव नलड्ने घोषणा गरेका हुन् ।

यद्यपि उनले नयाँ नेतृत्वका लागि कसलाई सघाउने भन्नेबारे चाहिँ केही खुलाएनन् । यसअघि भट्ट अध्यक्ष बन्दा उपाध्यक्ष कुमार पन्तलाई अर्को कार्यकालमा सघाउने भन्ने भद्र सहमति भएको भनिएको बेला भट्टले चुनाव नलड्ने घोषणा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अहिले अध्यक्षको दौेडमा सबैभन्दा अघि पन्त रहेका छन् ।

‘सबैको भवन भट्ट अबको चुनावमा उठ्ला भन्ने प्रश्न छ, एनआरएनमा मैले धेरै मायाँ पाएको छु । म भाग्यमानी छु । मैले एनआरएनमा कमाएको पनि यही मायाँ हो । मेरो शुभेच्छुकको समर्थकको मायालाई म सम्मान गर्छु । अबको चुनाव लड्दिनँ’, सम्बोधनका क्रममा भट्टले भने ।
आफूले स्वतस्फूर्त र एक संस्कार निर्माणका लागि यो निर्णय लिएको भन्दै भट्टले पावर र लोभी संस्कारलाई चिर्नु जरुरी रहेको बताए ।
‘के अध्यक्षमात्रै टप लिडरसिप हो त ? यहाँ कैयन भवनहरुले अवसर पाउनुसपर्छ । परिवार, लोभ, मोहबाट माथि उठ्न हामीले सिक्नुपर्छ ’ भट्टले भने, ‘मैले त्यो अन्त्य गरेको छु । धेरै साथीहरुले निरन्तरतामा जोड दिँदादिँदै मैले यो एउटा उदाहरण पेश गरेको छु।’

‘ मैले गरेको गरेको यो निर्णलाई साथीहरुले स्वीकार गर्नुहुन्छ भन्ने ठानेको छु’ उनले थपे ।

उनले आफू एनआरएनबाट रिटायर्ड भएको नभई चालक बस्ने सिटबाट पछाडि हटेको मात्रै बताएका छन् । ‘न म रिटायर्ड भएको हुँ, बरु म झन् सक्रिय भएर लाग्नेछु । एनआरएनसँग सम्बन्धित मामलामा सँधै सँगै रहनेछु’ भट्टले भने ।

उनले भावुक हुँदै अगाडि भने, ‘एनआरएनए मेरो मुटुमा छ, म एनआरएनसँगै धड्किन्छु । एनआरएनए मेरो नेपाल बाहिरको नेपाल हो । एनआएन मेरो रगत रगतमा छ जीवनपर्यन्त रहन्छ । म चालकको सिटबाट पछडि सरेको मात्रै हो । बसबाट निस्केको छैन । म साहसपूर्ण नेतृत्वको खोजीमा छु ।’

एनआरएनलाई कसैले दायाँबायाँ गर्न खोजे आफू चुप लागेर नबस्ने पनि भट्टले बताए ।
यस्तै भट्टले आफ्नो दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबै सञ्चारकर्मी, संघसंस्था, नेपाल सरकार, रराजनीतिक दललगायतलाई पनि धन्यवाद दिएका छन् ।
Youtube:

Facebook