१२ बैशाख २०८१, बुधबार
Follow Us

भवन भट्टले चुनाव नलड्ने घोषणा गरेसँगै पन्त उत्साहित

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७६, बिहीबार ०५:२०

काठमाडौं– एनआरएन अध्यक्ष भवन भट्टले चुनाव नलड्ने घोषणा गरेसँगै उपाध्यक्ष कुमार पन्त उत्साहित देखिएका छन् । एनआरएनको आगामी कार्यकालका सशक्त दाबेदार पन्त भट्ट चुनाव नलड्ने भएसँगै उत्साहित भएका हुन् । भट्टले अर्को कार्यकालको चुनाव नलड्ने घोषणा गरेर पन्तलाई नै समर्थन गर्न लागेको बताइएको छ ।
भट्टले चुनाव नलड्ने घोषणा गरेसँगै पन्तले भट्ट बचनको पक्का व्यक्ति भएको भन्दै आफूलाई सहयोग गर्नेमा विस्वस्त रहेको बताए ।
उनले नेपाल ब्रिटेनसँग भने, ‘भवनजी बचनको पक्का हुनुहुन्छ । उहाँले कहीकतै पनि म चुनाव लड्छु भनेर भन्नु भएको थिएन । अहिले उम्मेदवारी नदिने घोषणा गर्नुले उहाँको बचनको पक्कापनलाई पुष्टि गरेको छ।’
भट्ट र पन्तबीच अघिल्लो कार्यकालमा पन्तलाई सहयोग गर्ने सहमति भएको बताइएको छ ।