७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीद्वारा वेलायती प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७६, बिहीबार १२:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वेलायतका नवनिर्वाचित प्रधानमन्त्री वोरिस जोन्सनलाई वधाई तथा शुभकामना सन्देश पठाउनु भएको छ ।
आफ्ना वेलायती समकक्षीलाई वधाई ज्ञापन गर्दै पठाएको पत्रमा प्रधानमन्त्री ओलीले नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गर्नु भएको छ । “नेपालको दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्र राष्टकका वेलायत नै हो ” प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ “ आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ । ”
प्रधानमन्त्री ओलीले सन्र्दभवश, आफ्नो भर्खरै भएको वेलायत यात्राको प्रसंग उल्लेख गर्दै भन्नु भएको छ “ तत्कालीन प्रधानमन्त्री मेका साथै सांसद र व्यापारिक समूदायसँगको अन्तरकृयाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदानप्रदानका विषयमा जोड दिइएको थियो ।”
“ वेलायत सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर मद्दत र सहयोगको प्रसंसा गर्दै प्रधानमन्त्री ओलीको सन्देशमा भनिएकोछ, “नेपालमा लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकताहरु तय गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्टिकय आकांक्षा तय गरेका छौं । त्यसैले हामी वेलायतजस्तो हाम्रो महत्वपूर्ण मित्र राष्टकबाट हाम्रो सामाजिक आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्च स्तरको सहयोगको अपेक्षा गर्दछौं । ”
प्रधानमन्त्री ओलीले उहाँको सफल कार्यकाल तथा वेलायती जनताको शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना प्रकट गर्दै भन्नु भएको छ “म आउने दिनमा दुई देशको सम्बन्ध अझ मजवूत बनाउन तपाईसँग निकटतापूर्वक काम गर्ने आशा गर्दछु ।”