६ बैशाख २०८१, बिहीबार
Follow Us

उत्तरगंगाले बगाएर एकको मृत्यु एक बेपत्ता

sarusaru
९ श्रावण २०७६, बिहीबार १३:१९

बागलुङ – बाढीले उर्लेको उत्तरगंगा नदी तर्ने क्रममा बगाएर बागलुङको ढोरपाटनमा एक जनाको मृत्यु भएको छ, अर्का एक बेपत्ता भएका छन् । नवी गाउँदेखि स्यालपाखे घर जान नदी तर्न खोज्दा बुधवार ढोरपाटन नगरपालिका ९ का ४५ बर्षिय नरबहादुर बिकको मृत्यु भएको हो । उक्त घटनामा २२ बर्षिय सेते बिकलाई पनि नदीले बगाएको हो ।
बुधवार दिउसो नदी तर्ने क्रममा बगेका नरबहादुरको शव घटनास्थल देखि ५ सय मीटर तल भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्रप्रसाद भट्टराईले बताए । बेपत्ता भएका सेतेको भने खोजीकार्य जारी रहेको उनले जानकारी दिए । घटनाको जानकारी पाएपछि प्रहरी चौकी ढोरपाटनका जवान र स्थानीयले खोजी गरेका छन् । बेपत्ताको खोजी भैरहेको समेत भट्टराईले बताए ।
जनमञ्च