१२ बैशाख २०८१, बुधबार
Follow Us

गैरकानुनी आप्रवासीलाई बेलायतले भिसा दिने !

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७६, बिहीबार १९:०१

जगन कार्की । लन्डन । ब्रेक्जिट मुद्धालाई टुंगोमा पुर्याउन असमर्थ भएपछि सत्तारुढ कन्जरभेटिभ पार्टीकी प्रम थेरेसा मेले राजिनामा दिएर बाहिरीएसंगै हिजो मात्र नियुक्ति पाएका बेलायतका नयाँ प्रधानमन्त्री बोरिस जोन्सनले गैर कानुनी आप्रवासीहरुलाई मानव अधिकारका आधारमा कानुनी हैसियत एमनेस्टी दिनुपर्ने कुरा उठाएका छन् ।

जोन्सनले गैर कानुनी आप्रवासीलाई मानव अधिकारका आधारमा “एम्नेस्टी” दिएर कानुनी मान्यता दिने पक्षमा पटकपटक बोल्दै आएका छन् । जोन्सन गैर कानुनी अप्रवासीलाई कानुनी मान्यता दिए राष्ट्रले तिनबाट ठुलो आर्थिक लाभ लिन सक्ने, आप्रवासीका समस्याको दिर्घकालिन समाधान हुने र मानव अधिकारको पनि रक्षा गर्न सक्ने विचार राख्दै आएका छन् ।

बोरिसले लन्डनका मेयर हुँदा पनि यो बिषय उठाएर चर्चाको शिखरमा पुगेका थिए । सन् २००९ ताका उनले गैर कानुनी रुपमा ५ वर्ष सम्म रहेका तर कुनै पनि अपराधिक क्रियाकलाप नगरी बसेका आप्रवासीहरुलाई कानुनि मान्यता दिनु पर्ने कुरा राखेका थिए लिंकमा हेर्न सकिन्छ ।

उनको विचारलाई बेलायतको एक गैर सरकारी स्वतन्त्र संस्था माइग्रेसन वाचले एमनेस्टी दिन ब्यबहारिक कठिनाइ भएको र त्यसले अन्य गैर कानुनी अप्रवासीलाई आकर्सण गर्ने भन्दै रिपोर्ट निकालेको थियो लिंकमा हेर्न सकिन्छ ।
२०१६को ब्रेक्जिट लिभ क्याम्पियनका मुख्य नेता रहेको बेला पनि यो कुरा दोहोर्याएर चर्चा बटुलेका थिए । उनले आफुलाई आप्रवासी पक्षीय नेता र मानव अधिकार पक्षधर नेताको रुपमा बारम्बार प्रस्तुत गर्दै आएका छन् ।
२०१६ मा उनले बोलेका कुरा बिबिसी नेपाली सेवाको लिंकमा हेर्न सकिन्छ  ।

गतबर्ष अप्रिल महिनामा सदियौं देखि बेलायत आएर बसेका विन्डरस समुदायका परिवारलाई बुढेसकालमा भिसा अनुमति नदिएर ठुलो बिरोध र खैला बैला भएको बेला उनि पररास्ट्रमन्त्रि थिए । त्यस ताकापनि उनले यो कुरा उठाएर चर्चा बटुल्न सफल भएका थिए । तिनै बोरिस जोन्सन आज प्रधानमन्त्री भएका छन् यसै परिपेक्षमा आज बिपक्षी दल लेबर पार्टी कि साम्सद रुपा हकले चर्चा कमाउन मात्र उनले बेला बेला बोलेका हुन् कि साचो हो अब प्रम बन्नु भएकोछ के गर्नु हुन्छ? भनेर प्रधानमन्त्रिसंगको सवाल जवाफमा संसदमा सोधेकी थिईन । जवाफमा जोन्सनले एम्नेस्टी दिने कुरामा आफु सकारात्मक भएको फेरी तेहेर्याएका छन् ।

हाल सम्मकै अति समावेसी र आधुनिक बेलायतलाई प्रतिनिधित्व गर्ने मन्त्रीमंडल भनिएको बोरिस जोन्सनकू मन्त्रीमंडलमा पाकिस्तानी मुलका बस ड्राइभरका छोरा साजिद जावेदलाई प्रधानमन्त्रि पछिको दोश्रो शक्तिसाली मन्त्रालय दिएका छन् भने गृह मन्त्रालयमा भारतीय मुलका पिताकी सन्तान प्रिती पटेललाई जिम्मा लगाएका छन् त्यस्तै गरेर रिडिंगका क्षेत्रका साम्सद आलोक शर्मालाई डीएफआइडी मन्त्रालय दिएका छन् भने यहुदी सरनानार्थीका छोरा डोमिनिक राबलाई परराष्ट्र मन्त्रालय जिम्मा लगाएका छन् । त्यस्तै गरि महिला तथा १ जना अफ्रिकन समुदायका व्यक्तिलाई पनि मन्त्रीमंडलमा समावेस गरेका छन् ।

बेलायतको सबै भन्दो महँगो कलेज इटन कलेजमा पढेका र आप्रवासी बिरोधि डोनाल्ड ट्रंपका घनिष्ट मानिएका जोन्सनले भनेको एम्नेस्टी केवल राजनीतिक ललीपप मात्र हो कि यथार्थ विचार हो त्यो भने उनको ब्यबहार बाट बिस्तारै हेर्दैजान बाँकी छ , किनकि धुर्त नेताहरुले जे भन्ने हो त्यो नगर्ने, जे गर्ने हो त्यो नभन्ने सिद्धान्त बनाएका हुन्छन भन्ने उक्ति बिश्वब्यापी रुपमा सुन्ने गरिन्छ ।