१४ बैशाख २०८१, शुक्रबार
Follow Us

१५ लाख नतिरेर निर्मात्री रज्जु प्रधान १५ लाख धरौटीमा तारेख धाउँदै

sarusaru
१० श्रावण २०७६, शुक्रबार १४:३४

काठमाण्डौ –हालसालै प्रदर्शन भइसकेको सयकडा दश लगायतका चलचित्रकी निर्मात्री मैतिदेवी बस्दै आएकी र हाल ललितपुर, सातदोबाटो बस्ने रज्जु प्रधान भन्ने राजुमैँया प्रधानबिरुद्ध वैदेशिक रोजगार विभागमा २०७५ /११/०९ मुद्धा दायर भएको थियो । प्रधानले काठमाण्डौको घट्टेकुलोमा बस्ने शोभा सिवाकोटीलाई वि.सं. २०६८ सालमा अमेरिका अथवा यूरोप लगिदिने भन्दै १५ लाख रुपैयाँ लिएको र पछि वैदेशिक रोजगारमा पनि नपठाएको तथा पैसा पनि फिर्ता नगरेको भन्दै पीडित शोभा सिवाकोटाीले वैदेशिक रोजगार विभागमा मुद्धा दायर गरेकी थिइन् । वैदेशिक रोजगार विभागले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई २०७५ /११/०९ मा चं.नं. १५९०/०७५/७६ पत्र काटी कसुरदार पक्राउ गरी उपस्थित गराइदिने भन्दै पत्र लेखेको थियो। अहिले उनी वैदेशिक रोजगार विभागमा १५ लाख धरौटी राखी रिहा भएर तारेख धाउँदै छिन् ।