१२ बैशाख २०८१, बुधबार
Follow Us

खुमन र रमिलाको ‘पशुपतीमा’ बोलले तीन दिनमै तहल्का मच्चायो

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७६, शुक्रबार १७:४९

लण्डन । हरेक बर्ष हरितालिका तिजको अवसरमा दर्शक श्रोताको मन जित्ने गीत निकाल्दै आएका गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको नयाँ तीज गीत सार्वजनिक भएको छ । खुमन र रमिलाको आवाजमा सजिएको ‘पशुपतीमा’ बोलको गीत केही दिन अघी मात्रै सार्वजनिक भएको हो ।

सार्वजनिक भएको केही दिनमा नै गीतले निकै चर्चा बटुलिरहेको छ । पछील्लो समय तिज गीतको नाममा भड्किलो गीत निस्किरहेको अवस्थामा यो गीत भने टिपिकल तीज शैलीमा बनेको छ । यही कारण दर्शक श्रोताहरुले यो गीतलाई निकै रुचाएका छन् । गीतको शब्द संगीत देखी भिडियो लगायतको सबै पक्षलाई दर्शक श्रोताहरुले मन पराएका छन् ।

गीतले अहिले सम्म २ लाख ६७ हजार भन्दा धेरै भ्यु पाईसकेको छ । छोटो समयमा नै चर्चा बटुलीरहेको गीत युट्युब ट्रेन्डिङ समेत परेको छ । हामीले यो समाचार तयार पर्दा सम्म उक्त गीत युट्युब ट्रेन्डिङ नम्बर १७ मा रहेको छ ।

खुमन र रमिलाको आवाज रहेको गीतमा कोरस भोकल भने बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीको रहेको छ । गीतमा बाबुराम बोहराको शब्द तथा गायक खुमन अधिकारीको संगीत रहेको छ । गीतमा संगीत संयोजन भने बिनोद बाजुरालीको रहेको छ ।

गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा चर्चित अभिनेत्री सुरक्षा पन्त र गायल खुमन फिचर्ड रहेका छन् । राजेश घिमिरेले खिचेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।