१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन साउदी अरबको निर्वाचन ६ अगष्टमा

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७६, शुक्रबार २०:०१

लण्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबको राष्ट्रिय महाधिवेशन मिति तय भएको छ । गत १९ जुलाई शुक्रबार सम्पन्न परिषद्को सातौं पूर्ण बैठकले आगामी सेप्टेम्बर ६ तारिख, २०१९ शुक्रबार अधिवेशन मिति तय गरेको हो । अधिवेशनबाट आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन हुनेछन् । अध्यक्ष नारायण पासवान नेतृत्वमा रहेकोे वर्तमान कार्यसमितिको कार्यकाल सेप्टेम्बर मै समाप्त हुदै छ ।

राष्ट्रिय अधिवेशनलाई सम्पन्न गर्न जोन अर्यालको संयोजकत्वमा ३ सदस्यीय अधिवेशन समिति गठन भएको छ । समितिमा रमेश भण्डारी र राजकुमार गिरी निर्वाचन निर्वाचन सदस्य रहेका छन् । निर्वाचन समितिले निर्वाचन निर्देशिका एवम् नियमावली २०१९ र एनसीसी साउदि अरबको बिधि बिधानलाई आधार मानि आफ्नो कार्यभार पूरा गर्ने छ । त्यसैगरी अधिवेशलाई सफलताको साथ सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरु गठन गरि जिम्मेवारी र कार्यभार समेत सुम्पेको एनसीसी श्रोतले जानकारी गराएको छ । साउदि अरबको भौगोलिक अवस्थ र परिस्थितिलाई मध्यनजर गरि परिषद् मातहतमा विभिन्न ठाउँहरुमा क्षेत्रीय तथा स्थानीय समन्वय समितिहरु स्थापितभइ कृयाशिल रहदै आएका छन् । मजदुरमैत्रि संस्थाको रुपमा परिचित एनआरएनए एनसीसी साउदि अरबको आसन्न अधिबेशनलाई यहाँ स्थिति नेपाली कामदार र जनसमुदायहरुले निकै चासोका साथ हेरिरहेका छन् ।

संघको माथिल्लो निकाय आइसिसिको विश्व सम्मेलन आगामी अक्टोबर १३ तारिख बाट काठमाडौंमा सुरु हुदै छ । सम्मेलन आगावै विश्वभर रहेका मातहतका सबै राष्ट्रिय समन्वय परिषद्हरुले आ(आफ्नो महाधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति चय गरिसक्नुपर्ने प्राबधान रहेको छ ।