८ बैशाख २०८१, शनिबार
Follow Us

काठमाडौँ महानगरपालिकाले दियो सम्पत्ति करमा छुट

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७६, शनिबार ०२:४२

काठमाडौं– काठमाडौँ महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ ।

महानगरले बक्यौता रकम हुने करदातालाई समेत जरिवाना छुट दिएको छ ।

सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ । आर्थिक वर्षको सुरुवातमै कर नतिर्ने परिपाटी हुँदा सेवाग्राहीलाई आकर्षित गर्न सम्पत्ति करमा छुट दिएको राजस्व विभागका नुरनिधि न्यौपानेले बताए । कान्तिपुर दैनिकमा खबर छ ।