१६ चैत्र २०८०, शुक्रबार
Follow Us

तरकारीवाली नेपाली चेलीद्वारा इन्टरनेट कब्जा

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७३, बिहीबार ०९:१५

काठमाडौं । पाकिस्तानी चियावाल अरशद खानपछि नेपालकी एक तरकारी बेच्ने चेलीले टुइटर ट्रेडमा स्थान बनाएको समाचार बीबीसीले लेखेको छ । स्थानीय बजारमा सब्जी बेच्ने ती नेपाली चेलीको केही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरिएको थियो । त्यसको केही समयपछि टुइटरमा टे«ड गर्न थालियो ।
हेन्डलबाट सभ्यसाँची पुहान लेख्छन्– ‘जब क्युटनेस र कडा मेहनत गरेको परिणाम नेपालको तरकारीवालीजस्तै हुन्छ । सोसल मिडिया फेम जिन्दवाद ।’
यसैगरी रवि लेख्छन्– ‘नेपालकी तरकारवालीको हेराइले इन्टरनेट कब्जा गरिन् ।’ त्यस्तै दिपेश यादव लेख्छन्– ‘तरकारवाली हुन् इन्टरनेटको सनसनी ।’ त्यस्तै राजा ढुंगाना लेख्छन्, ‘आशा छ, चियावाला र तरकारवालीको कहानी देखेर मानिसले त्यो पेशाको सम्मान गर्न सिक्ने छन् ।
केही मानिसहरुले चियावाला र तरकारवालाबीच विवाह गराइदिन सल्लाह दिएका छन् । अरिफुल इस्लाम खान लेख्छन्, चियावाला र तरकारीवालाले अब विवाह गर्नुपर्छ ।
_92225536_capture