१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेकपाको दृष्टिमा अन्य पार्टी

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७६, शनिबार ०२:५१

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न पार्टीलाई हेर्ने दृष्टिकोण पार्टीको मूल दस्तावेजमा समावेश गरेको छ ।

सो पार्टीले अन्य पार्टीहरूको विगत र वर्तमान विश्लेषण गर्दै आफ्नो दृष्टिकोण स्पष्ट पारेको छ । पार्टीको मूल दस्तावेज राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिई छपाइकार्य पनि सम्पन्न गरेको छ तर वितरणमा भने ल्याइएको छैन ।
स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले दस्तावेज छाप्ने काम सकिएको बताउँदै अबको एक–दुई सातापछि नेता तथा कार्यकर्ताको हातमा जाने बताए ।
नेकपाले काँग्रेसलाई आत्मसमर्पणवादी पार्टी भनको छ ।

यस्तै समाजवादी पार्टी ढुलमूले, राप्रपा अतिवादको पृष्ठपोषक, साना कम्युनिस्टह?लाई जडसूत्रवादीको संज्ञा दिइएको छ ।
गोरखापत्रमा यो खबर छापिएको छ ।