१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एउटा रात्री क्लबको छानोबाट खसेर दुई जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७६, शनिबार १०:१०

शनिबार दक्षिण कोरियाको एउटा रात्री क्लबको माथिल्लो छानो खसेर दुई जनाको मृत्यु भएको छ । मर्ने दुवै दक्षिण कोरियाली नागरिक भएको पहिचान भएको छ ।
रोयर्टसका अनुसार दुरघटनामा घाइते हुने अन्य भने धेरै जसो विदेशी छन् ।
दुरघटनाको समय क्लबमा ‘वल्ड एक्वेटिक च्याम्पिएनसिप९विश्व जल प्रतियोगिता०’मा सहभागी हुन दक्षिण कोरिया आएका कयैन विदेशी खेलाडि पनि थिए । उनीहरुमध्य धेरै घाइते छन् । उद्दारकर्मीका अनुसार कूल १० मानिस घाइते छन् ।
अधिकारीहरुले घाइतेमध्य कति जना खेलाडि भएको तथ्यांक भने दिएका छैनन् ।
दुरघटना स्थानीय समय अनुसार विहान २ बजे थियो ।
‘हामीहरु नाचिरहेका थियौं । लगतै हामीहरु उभिएको छानो पाँच, ६ मिटर तल झर्यो । त्यसपछि मानिसहरु भागदौड गरिरहेका थिए,’ न्यु जील्याण्डका पानीमा खेलिने पोलो टिमका क्याप्टेन म्याट स्मलले भने ।
‘हामी तलका अरु मानिसको टाउकोमा झरेका थियौं ,’ उनले न्युजील्याण्डको रेडियो स्पोर्टलाई भने ,‘ घाइतेमध्य केहीको अवस्था चिन्ताजनक थियो,’ म्याटले भने ।
सियोलबाट ३३० किमी टाढा रहेको ग्वाङजुमा दुई हप्तादेखि प्रतियोगिता आयोजना भइरहेको थियो । पौडी, पानीमा खेलिने पोलो र डाइभिङ खेल समावेश प्रतियोगिता शनिबारनै समापन हुने कार्यक्रम थियो ।
ग्वाङजु प्रहरी अधिकारीले क्लबका दुई सह–संचालक र अन्य दुई कर्मचारीसँग नाइटक्लबको विस्तार र पुनरनिर्माणबारे प्रश्न गरिरहेको बताएका छन् ।