७ बैशाख २०८१, शुक्रबार
Follow Us

क्लब फिप्टीले बाढ्यो सयौं बाढीपीडितलाई राहत

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७६, शनिबार १०:१३

रौतहट– सामाजिक संस्था क्लब फिप्टी नेपालले रौतहटका बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ ।
क्लब फिप्टीले जिल्लाको माधव नारायण नगरपालिका ३ सखुुअवाका ३ सय ५० परिवारलाई ३० किलो चामलसहित दाल, बिस्कुट, चाउचाउ लगायतका सामग्री वितरण गरिएको क्लब फिप्टीका अध्यक्ष दमन बस्नेतले जानकारी दिए ।

पूर्व कर्मचारी, व्यापारी, बुद्धिजिवी लगायतको सहभागीमा गठन भएको क्लब फिप्टीले जर्मन स्थित शाखाबाट प्राप्त सहयोग रकमबाट राहत वितरण गरिएको संस्थाका उपाध्यक्ष प्रदीप कार्कीले बताए ।
राहत सामग्री कार्यक्रममा संस्थाका अध्यक्ष बस्नेतसहित संस्थापक अध्यक्ष केपी मास्के, पूर्व अध्यक्षहरु रमेश लुुईँटेल, उत्तम मास्के, माधव नारायण नगरपालिकाका मेयर वीरेन्द्र यादवले संयुुक्त रुपमा पीडितलाई हस्तान्तरण गरेका थिए ।