१४ बैशाख २०८१, शुक्रबार
Follow Us

७ बर्षे बालकले बेलायतमा पुस्तक लेखे

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७६, शनिबार १०:१७

बेलायतमा जन्मिएर भर्खर ७ बर्षमा टेकेका एक बालकले ११ वटा कथाहरुको संग्रह प्रकासन भएको छ । नेपाली आमाबाबुका सन्तान बिशांत कार्कीले लेखेका कथाहरुको संग्रह अमेजन डट कममा बिश्वभर उपलब्ध छ । उनको पुस्तकको नाम रेन फ़िस रहेको छ ।
पुस्तक लिंक :
( Paperback version : https://www.amazon.co.uk/Rainfish-stories-Pizza-Story-Six-year/dp/1081592419/ref=mp_s_a_1_3?keywords=the+rainfish&qid=1563704924&s=gateway&sr=8-3 )

( Kendle version : https://www.amazon.co.uk/Rainfish-stories-Pizza-Story-Six-year-ebook/dp/B07VH23D46/ref=mp_s_a_1_1?keywords=the+rainfish&qid=1563705643&s=gateway&sr=8-1 )

पेपर भर्सनको मूल्य ४.९९ पाउण्ड (रु ६८६) रहेको छ भने इकिताब केंडल भर्सनको मूल्य ०.९९ पेन्स (रु १३६) रहेको छ ।
पुस्तक बिक्रिबाट उठेको रकम नेपालमा अनाथहरुलाई बिद्यालयमा खाजा खुवाउन खर्च गरिने बिशांतले बताए ।
छोराले बिभिन्न समयमा कथा लेख्दै दिने गरेका पांडूलिपी संकलन गरेर वहाँलाई हौसला दिन पुस्तकको रुप दिईएको उनका पिता जगन कार्की बताउछन् ।

प्रचारवाजी भन्दा पनि अन्य बालबालिकाहरुलाई सानो उमेरमा पनि यस्ता काम सम्भव भएको र अभिभावकहरुलाई पनि आफ्ना सन्तानलाई सकारात्मक दिशामा हौसला दिन सानो प्रेरणा मिल्न सके यो पुस्तक प्रकासनले सार्थकता पाउने कार्कीले बताए ।
बिश्वका सबै भन्दा कलिला लेखक श्रीलंकाका चार वर्षका थानुवानाको छ । जसले ५ वर्ष पुग्न २ दिन अघि द जंक फुड नामक पुस्तकलेखेका थिए ।

त्यस्तै अमेरिकाकी ४ बर्षकि बालिका ड्रोथि स्ट्रेटले पनि कान्छी लेखकको रेकर्ड राखेकी छिन ।
बिशांतको रेकर्ड नेपाली मुलका कान्छा लेखक र बेलायतका कान्छा लेखकमा गरिएको छ । उनको रेकर्ड प्रमाणित भए नभए पनि बिश्वका एक कान्छा लेखकमा भने नाम दर्ज गर्न सफल भएका छन् ।