१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन युकेको महासचिव पदमा यी ५ जनाबीच हुँदैछ भिडन्त !

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७६, शनिबार १२:०७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको आठौं कार्यसमितिका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । फणिन्द्र भट्टराई, नारायण गाउँले, राजकुमार त्रिपाठी, कर्मा पहाडी शेर्पा र बलराम मैनालीले महासचिव पदमा उम्मेदवारी दिएका हुन् । एनआरएन युकेको निर्वाचन सेप्टेम्बर १४ का दिन हुँदैछ । सबै उम्मेदवारले आफ्नो पक्षमा माहोल बनाउन प्रचारप्रसारलाई तीब्र बनाएका छन् ।

फणिन्द्र भट्टराई


महासचिवमा उम्मेदवारी दिएका फणिन्द्र भट्टराई एनआरएन युकेमा कार्यसमिति सदस्य र सचिव गरी दुई कार्यकाल काम गरिसकेका व्यक्ति हुन् । यस्तै उनी एनआरएन युकेभित्रका एक प्रभावशाली व्यक्तित्व मानिन्छन् ।झन्डै एक दशकदेखि एनआरएनए यूके तथा केन्द्रीय तहमा रहेको संलग्नता, लगाव र अनुभवलाई व्यवहारमा उतार्दै यसको कार्यदिशा निर्माण र नीतिगत तहसम्म योगदान गर्न गर्ने आत्मविश्वासका साथ आफूले महासचिवमा उम्मेदवारी दिएको भट्टराईले बताएका छन् ।

भट्टराईले एक प्रतिवद्धतापत्र सार्वजनिक गर्दै संस्थाको महत्व र आवश्यकताबोध हुने गरी आम जनसमुदायसम्म पुग्नेगरी काम गर्ने बताएका छन् ।
भट्टराई अहिले एनआरएनए आइसीसीको केन्द्रिय भाषा तथा साहित्य र मिडिया विभागको सदस्य छन् । उनी नेपाल पत्रकार महासंघ बेलायतको सल्लाहकार र सेतोपाटी अनलाइन पोर्टलका युरोप संयोजक पनि हुन् ।

नारायण गाउँले

यसैगरी वर्तमान कायैसमितिका महासचिब पदमा नारायण गाउँलेले उम्मेद्वारी दिने भएका छन् । वर्तमान सचिब उनले महासचिबको खुट्किलो आफ्ना लागि स्वाभाविक भएको बताएका छन् । उनले भनेका छन्, ‘उक्त पदका निम्ति म सर्वश्रेष्ठ, सबैभन्दा योग्य या सबैभन्दा अनुभवी हुँ भन्ने मेरो दाबी छैन । मभन्दा धेरै असल, विज्ञ, सक्षम, योग्य र अनुभवीहरू मैदान र मैदानबाहिर हुनुहुन्छ । तर उक्त पदमा उहाँहरूको सबै विज्ञता खर्च गर्नु नपर्ने र मेरो योग्यताले पनि आवश्यक काम चल्ने भएकाले म उम्मेदवार बन्ने निर्णयमा पुगेको हुँ ।’

राजकुमार त्रिपाठी

यस्तै वर्तमान महासचिव राजकुमार त्रिपाठीले पुनः सो पद दोहोर्याउने घोषणा गरेका छन् । उनको यो तेस्रो उम्मेदवारी हो ।बेलायतमा एक दशक भन्दा बढि विभिन्न सामाजिक कामहरुमा सक्रिय व्यक्तित्व आरके त्रिपाठी पेशाले सिभिल ईन्जिनियर हुन् । एनआरएन यूकेलालाई संस्थागत सञ्चालनमा योगदान दिएका त्रिपाठीले दोहोरो नागरिकता, भूपू गोर्खाहरुको अधिकार सुनिश्चिततालगायतका विषयमा आफ्ना अभियान केन्द्रित गर्दै आएका छन् । त्रिपाठीले बेलायतका विभिन्न सामाजिक संघसंस्थाहरुको अगुवा, एनआरएनए अभियान्ताहरुको विशेष आग्रह अनुसार आफू पुनः दोहोर्‍याउने मनस्थितिमा पुगेको बताएका छन् ।

कर्मा पहाडी शेर्पा

यसैगरी नेपाल आदिवासी जनजाति महासंघ बेलायतका पूर्व महासचिब कर्मा पहाडी शेर्पाले पनि सबै अग्रजहरु र मित्रहरुको सल्लाह बमोजिम आफूले उम्मेद्धार बन्ने निर्णय गरेको बताए ।
शेर्पाले बिगतमा बेलायतदेखि युरोपका विभिन्न संघसंस्थाहरु र राजनीतिक पार्टीका बैदेशिक समितिहरुमा महासचिबको जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यस्तै उनले विश्व जनमुक्ति मंचको संयोजकका जिम्मेवारी समेत सम्हालिसकेका छन । शेर्पा ग्लोबल दैनिक अनलाइनका सञ्चालक पनि हुन् । त्यस्तै गायनमा पनि उनको उत्तिकै रुची छ । उनले आफ्नो स्वरमा एक दर्जनभन्दा बढी गीतहरु रेकर्ड गराइसकेका छन् ।
बलराम मैनाली

यसैबीच अधिवेशनमा महासचिव पदकाकालागि बलराम मैनालीले समेत उम्मेदवार हुने बताएका छन् । लण्डनस्थित हन्सलोमा परिवार सहित बसोबास गर्दै आएका मैनालीले त्रिभुवन विश्व विद्यालयबाट राजनीतिक शास्त्रमा स्नातक गरेका छन् ।


यो पनि पढ्नुहोस्

यी हुन् एनआरएन युकेको उपाध्यक्ष पदका उम्मेदवार
के एनआरएन युकेको नेतृत्वमा सहमति हुन्छ ?
एनआरएन युकेको एक महिला संयोजकमा तीन अनुहार, कसले मार्ला बाजी ?