१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लण्डन दूतावासमा झल्कियो मिनी नेपाल (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७६, शनिबार १८:०८

लण्डन– नेपाली दूतावास लण्डनको आयोजना तथा आदीबासी जनजाती महासंघ युकेको सहकार्यमा बेलायतस्थित नेपाली दूतावासमा शनिबार एक विशेष कार्यक्रमको आयोजना गरियो ।
विश्व जनजाती दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा बेलायतस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहेका थिए । कार्यक्रममा नेपाली कला संस्कृति जगेर्ना गर्ने झाँकी प्रस्तुत गरिनुका साथै म्युजिक र फुड फेस्टिभल समेत आयोजना गरियो ।

राष्ट्रिय गानबाट सुरु भएको औपचारिक कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले शुभकामना मन्तब्य दिए ।
यस्तै कार्यक्रममा महासंघका अध्यक्ष जंग सुनुवार, चर्चित गायक दीप श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा वेलायतका लागि फिलिपीन्स्को राजदुत, बिभिन्न देशका कुटनीतिक नियोगका प्रमुख लगायत नेपाली संघसँस्थाका प्रतिनिधी गरि ५ सय भन्दा बढीको सहभागिता थियो ।

विश्व जनजाती दिवसको अवसर परेर दूतावास भवनमा पहिलो पटक आयोजना गरिएको म्युजिक तथा फुड फेस्टिभलमा जनजाती महासंघ युकेका पूर्वअध्यक्षहरु श्री लिम्बु, तुल छन्त्याल र वर्तमान अध्यक्ष जग्गं सुनुवार लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा कुलेन्द्र बिक, सुनिता परिवार, भूमिका शाह, पवन आले, प्रीति आले, सिवी राई, चोक गुरुगं, मधुसुधन थापा, तारा लक्छम, प्रनेश लिम्बु, सोनहंग राई, थिर थापा लगायतका कलाकालहरुले आआफ्नो प्रस्तुति दिए । कार्यक्रमको संचालन नेपाली दूतावास लण्डनका प्रवक्ता शरद आरणले गरेका थिए ।