१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मोटरसाइकलले ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु

sarusaru
१२ श्रावण २०७६, आईतवार ०२:३५

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ घलातेचोकमा आज काठमाडौबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९५ प ९४३५ नंको मोटरसाइकलले ठक्कर दिँदा नौ वर्षीय बालकको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट सिन्धुपाल्चोक चौतारा नगरपालिका गैरीगाँउ घर भई हाल सूर्यविनायकमा डेरा गरी बस्ने नौ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

दुर्घटनामा घाइते बालकलाई उपचारका लागि डा इवामुरा अस्पताल सल्लाघारी लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए। प्रहरीले मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–५ हाँडीगाउ बस्ने १९ वर्षीय दिपेन श्रेष्ठ र मोटरसाइकल प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।

मोटरसाइकलको पछाडि सवार सङ्खुवासभा खाँदबारी घर भई हाल काठमाडौँ कालोपुल बस्ने घाइते २० वर्षीय एनी गुरुङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

डिसी नेपाल