४ बैशाख २०८१, मंगलवार
Follow Us

गर्भवती र सुत्केरीलाई कुहिएका अण्डा वितरण

sarusaru
१२ श्रावण २०७६, आईतवार ०२:४६

म्याग्दी– म्याग्दीको एक गैरसरकारी संस्थाले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको छ । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई कुुहिएको अण्डा वितरण गरेर उनीहरुको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ । ‘जीवनको महत्वपूर्ण क्षण’ नाम दिइएको कार्यक्रम अन्तर्गत गर्भवति र सुत्केरी महिलालाई सुआहाराले प्रति महिला दुईसय रुपियाँ बराबरका अण्डा वितरण गरेको हो । वितरण गरेका अण्डा सडेको र खान योग्य नभएको पाइएको हो । सुआहाराका फिल्ड कर्मचारीहरुले गर्भवती र सुत्केरी महिलाहरुलाई घरमै पुगेर १० वटा अण्डा दिएका थिए । उनीहरुले दिएको अण्डा खान योग्य नभएको र सडँेको अवस्थामा पाइएको महिलाहरुले गुनासो गरेका छन् । अण्डा खान योग्य छ वा छैन कुनै जाँच परिक्षण नगरी अण्डा वितरण गरिएको छ । अन्नपूर्ण गाउँपालिका १ दोबामा कार्यरत सामाजिक परिचालिका मनकुमारी गर्बुजाले स्थानीय अमृत गर्बुजाको घरमा दिएको १० ओटा अण्डा कुहिएको पाइएको हो । घरमा आएर सामाजिक परिचालिकाले १० ओटा अण्डा दिनुभएको थियो अमृत गर्बुजाले भनिन् ‘बेलुका सुत्केरी श्रीमतिलाई बनाएर खुबाउँदा त सबै कुहिएको पाइयो ।’ गबुर््जाले कुहिएका अण्डा सहितको तस्विर सामाजिक सञ्जाल फेसबुकमा समेत राखेका छन् ।

कुहिएका अण्डा खानै नहुँने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भिमप्रसाद आचार्य बताउँछन् । कुहिएका अण्डा खाएमा पखला लाग्ने,पेट दुख्नुका साथै फुट पोइजन हुने उनले बताए । अण्डा खान योग्य छ वा छैन जाँचेर मात्र वितरण गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । हचुवाका भरमा अण्डा वितरण गर्दा यस्तो भएको हुनसक्ने उनले बताए । अण्डाको क्रेटमा उत्पादन भएको र प्रयोग गर्ने मिति हुनुपर्दछ । उत्पादन भएको लामोसमय भएमा त्यो अण्डा खानयोग्य हुँदैन । यदी कुहिएको अण्डा नै वितरण गरेको हो भने यसले मानव जीवनमा गम्भिर असर पुग्ने स्वास्थ्य प्रमुख आचार्यले बताए । सामाजिक परिचालिका गर्बुजाले कुहिएको अण्डा वितरण नगरेको बताइन् । गाउँमै खरिद गरेर बाडेको हो कसरी त्यस्तो प¥यो आफू पनि अचम्मीत भएको गर्वजाले बताइन् । अरुबाट गुनासो आएको छैन त्यहाँ कसरी त्यस्तो प¥यो गर्बुजाले भनिन् । सुत्केरी भएको १५ दिन भित्र घरमा पुगेर दुइसय रुपियाँ बराबरको खानेकुरा दिने कार्यक्रम हो उनले भनिन् ‘फलफुल र अण्डा दिने गरिएको छ जानी जानी उहाँलाई कुहिएको अण्डा दिएको होइन ।’

सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा खानुपर्दछ भन्ने सन्देश प्रवाह गर्न खोजिएको हो उनको भनाइ थियो । वितरण गरिएका अण्डाहरु कुहिएको पाइएपछि सुआहाराले मावन जिवनमा गम्भिर लापरबाही गरेको छ । वितरण हुने अण्डा खाना योग्य छ वा छैन कुनै परिक्षण नगरी सुत्केरी महिलालाई दिँदा यसले महिलाको स्वास्थ्यमा गम्भिर असर पुग्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । सुआहाराले ६ वटै स्थानीय तहमा पुगेर सुत्केरी आमाहरुको पोषणमा सहयोग पुगोस भनेर अण्डा वितरण गर्ने गरेको छ । सुत्केरी महिलाहरुलाई अण्डा वितरण गर्नुका साथै पोषण सम्बन्धी परामर्श दिने गरेको मिलन म्याग्दीका तथ्याङ्क व्यवस्थापन अधिकृत लेकनाथ सापकोटाले बताए । उनका अनुसार दलित, गरिब विपन्न परिवारका गर्भवती र सुत्केरी महिला गरी पाँच सय ८४ जनालाई करिब एक लाख १६ हजार ८ सय बराबरको अण्डा वितरण गरिएको छ ।