१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्रीलाई किन पुर्याइयो स्वास्थ्य परीक्षणका लागि छाउनी ?

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७६, आईतवार ०३:०७

काठमाडौँ – छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ । शिक्षण अस्पतालमा कुनै कोठा खाली नभएपछि उनलाई सैनिक अस्पताल लगिएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्राडा दिव्यासिंह शाहले जानकारी दिइन् ।

‘प्रधानमन्त्रीज्यूको नियमित स्वास्थ्य परीक्षण मात्रै गरिएको हो,’ उनले भनिन्, ‘उहाँको रगत, दिसापिसाबलगायत पेटको अल्ट्रासाउन्ड गरिएको छ ।’ शिक्षण अस्पतालबाट पनि परीक्षणका लागि चिकित्सक सैनिक अस्पताल गएको उनले जानकारी दिइन् ।

एउटा परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र अन्य रिपोर्टबाट प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको उनले बताइन् । कान्तिपुर दैनिकमा खबर छ ।