७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेश ५ मा समाजवादीले एकता टुंगियो

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७६, आईतवार ११:००

रुपन्देही । समाजवादी पार्टीले प्रदेश ५ मा एकीकरण प्रक्रिया टुंगो लगाएको छ । शनिबार बसेको पदाधिकारी बैठकपछि प्रचार विभाग प्रमुख प्रशान्त सिंहले प्रदेशको समायोजन कार्य सँगसँगै संगठनलाई चुस्त बनाउन नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने कार्य भइरहेको बताए ।
समाजवादीका २५ पदाधिकारीमध्ये तत्कालीन नयाँ शक्तिका तर्फबाट भक्तबहादुर शाहलाई सचिवमा मनोनयन गरिएको छ । बैठकले पार्टीको प्रशिक्षण विभाग प्रमुखमा हेमराज राई र उपप्रमुखमा पीताम्बर खतिवडालाई मनोनयन गरेको छ । त्यस्तै प्रचार विभाग प्रमुखमा सिंह, कार्यालय व्यवस्थापनमा प्रकाश अधिकारी र आर्थिक विभागमा विजय यादवलाई मनोनयन गरिएको जनाएको छ ।