February 21, 2020

खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

  28th July 2019 मा प्रकाशित

काठमाडौं(टोखा नगरपालिका(३ स्थित विष्णुमति पुल नजिक सोही ठाउँ बस्ने दोलखा घर भएका ४५ वर्षीय शुकमान तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय धन बहादुर मोक्तानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शुकमानको ग्राण्डी अस्पताल धापासीमा उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले धन बहादुरलाई खुकुरी सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया