७ बैशाख २०८१, शुक्रबार
Follow Us

१० वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७६, आईतवार १२:०३

सुनसरी– एक १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ । रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित झुम्का बजारकी ती बालिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीले ३५ वर्षीय भीम गुरुङलाई पक्राउ गरेको हो ।
घरमा कोही नभएको मौका छोपी गुरुङले बालिकालाई अश्लिल चलचित्र देखाएर यौनजन्य गतिविधि गरेको प्रहरीले जनाएको छ ।
पीडित परिवाले दिएको जाहेरीको आधारमा गुरुङलाई पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाइएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।