८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन यूकेको उपाध्यक्षमा धन सार्कीले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७६, आईतवार २२:३५

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको उपाध्यक्ष पदमा धनबहादुर सार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । सार्कीले आइतबार अल्टर्शटको टेमटेसनमा आफ्ना एजेन्डासहित पत्रकार सम्मेलन गरी उम्मेवारी घोषणा गरेका हुन् ।

नेपालमा गोरखाबाट बसाई सरेर चितवन पार्वतीपुर पुगेका सार्कीले लन्डनबाटै होटल म्यानेजमेन्टमा डिग्री हासिल गरेका छन् ।

सिर्जनशील नेपाली समाज यूकेका पूर्वअध्यक्षसमेत रहेका सार्की यूरोपमा नेपाली समाजमा देखिने छुवाछुत, जातिभेद, बहुमतको जातीय दम्भ र असमावेशी चरित्रविरुद्ध बुलन्द आवाज उठाउँदै आएका छन् ।

१५ वर्ष गोरखा सैनिक जीवनबाट अवकास लिए पछि सार्कीले विद्यार्थी जीवन हुदै सामाजिक क्षेत्र काम गर्दै आएका छन् । एनआरएन युकेको निर्बाचन आगामी सेप्टेम्वर १४ मा हुदैछ। सो निर्वाचनको लागि अध्यक्षमा ५ जना र उपाध्यक्षमा ९ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।