१३ बैशाख २०८१, बिहीबार
Follow Us

एक लाख ३० हजार घुससहित एकै कार्यालयका चार कर्मचारी पक्राउ

sarusaru
१३ श्रावण २०७६, सोमबार ०२:१७

काठमाडौं : जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहित चारजना घुस रकमसहित पक्राउ परेका छन् ।

उनीहरुलाई एक लाख तीस हजार घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख आचार्यसहित स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा, हलुका सवारी चालक भवदत्त जैसी छन् ।

कार्यालयबाट संचालीत विभिन्न कार्यक्रम वापतको पेशकी फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग उनीहरुले घुस लिएका थिए । घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिई उनीहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अन्नपूर्ण पोष्ट