१३ बैशाख २०८१, बिहीबार
Follow Us

यी हुन् बलिउडमा तहल्का मच्चाउने ३० वर्षभन्दा कम उमेरका नायिका

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७६, सोमबार १०:०५

बलिउडमा सफल हुनु चानचुने काम होइन । यहाँ सफलता प्राप्त गर्न कलाकारले निकै मिहिनेत गर्नुपर्छ । त्यसको अलवा भाग्यले पनि निर्भर गर्छ । आज चर्चा ति अभिनेत्रीको गर्न खोजेका छौ । जसले ३० बर्षभन्दा कम उमेरमै बलिउडमा सफलता हात पार्न सफल भए ।

आलिया भट्ट
आलिया अहिले २४ बर्ष भएकी छन् । डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट नै उनको करियर उभो लागेको हो । त्यसपछि उनले ‘उडता पंंजाव‘, ‘२ स्टेट्स’, ‘डियर जिन्दगी’ र ‘राजी’बाट बलिउडमा हिट हनु सफल भइन् ।

कृति सनोन
टाइगर श्रापको फिल्म ‘हीरोपंती’मा कृतिले राम्रो क्रेडिट पाउन सकिन् । तर ‘बरेली की बर्फी’ फिल्मको बिट्टीको भुमिकाबाट भने उनले धेरै चर्चा पाइन् । २७ बर्षीय कृति फिल्म ‘लुकाछिपी’बाट बलिउडमा सफलता झण्डा गाड्न सफल भएकी हुन् ।

जायरा वसीम
जायरा वसीमले बलिउडलाई बाईबाई गरिसकेकी छन् । फिल्म ‘दंगल’ र ‘सीक्रेट सुपरस्टार’बाट उनले निकै चर्चा र सफलता हात पारेकी थिइन् ।

परिणीति चोपाडा
२९ बर्षकी परिणीतिको पहिलो फिलम ‘इश्कजादे’ थियो । यो फिल्म अगाडि भने उनको फिलम ‘लेडिज वर्सेज रिकी बहु’ रिलिज भएको थियो । यस फिल्ममा उनले निर्बाह गरेको भुमिकाले निकै चर्चा पायो । फिल्म अभिनयमा देखिएको उनको आत्मबिश्वासका कारणले उनको हातमा फिल्म पर्दै गयो ।

अनुष्का शर्मा
हाल २९ बर्षकी अनुषकाले फिलम ‘रब ने बना दी जोडी’मा शाहरुख खानको अपोजिट भुमिकाबाट डेब्यु गरेकी थिइन् । पहिलो फिल्मबाटनै सबैको मन जित्न सफल उनले त्यसपछि ‘जव त है जान’, ‘सुल्तान’ जस्ता फिल्म अभिनय गरिन् । अहिले उनी बलिउडकी सफल अभिनेत्रीमा पर्दछिन् ।

दिशा पटानी
भर्खर २५ लागिन् दिशा पटानी । दिशा सुन्दरता र आकर्षक ब्यक्तित्वका कारण पनि बलिउडमा चर्चित छन् । पहिलो फिल्म ‘एम एस धोनी’ अभिनयपछि उनले सुन्दरताको अलवा क्षमता समेत भरिएको अभिनेत्री भनेर आफुलाई प्रमाणीत गरेकी थिइन् ।