६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्रीको चुनावी राष्ट्रियताको चेक बाउन्स भयो : चन्द्र भण्डारी

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७६, सोमबार १०:१४

बुटवल । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकार परिवर्तनको खेल कसैका लागि राम्रो नहुने बताएका छन् । ५ बर्षसम्म अहिलेकै नेतृत्वलाइ सरकारलाइ चलाउन दिनुपर्ने भण्डारीको निश्कर्ष छ ।
उनले भने—‘ओली जी धेरै बोल्नुहुन्छ काम गर्नुहुन्न,संबैधानिक हिसाबले पनि सरकारलाइ ५ बर्ष भनिएको छ,अर्काेतिर सरकारले सिन्को नभाच्दा कांग्रेसलाइ पनि त फाइदै भएको छ,जनताका बिचमा जाने,अर्काे चुनाबमा जित्ने । ’
काग्रेसका केन्द्रिय सदस्य रहेका भण्डारीले केपी ओली नेतृत्वको सरकारका सवै पखेटाहरुमा खिया लागि सकेको टिप्पणी समेत गरे ।
रिपोटर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्र नहुने भन्दै काम गर्ने वातावरण नरहेको समेत बताए ।
‘मन्त्रीहरु, आसेपासेहरु खराब छन् यहा त गर्छु भन्दा पनि काम गर्ने अबस्था नै छैन ।’
ओलीले निर्वाचनका बेला देखाएको राष्ट्रबाद छर्लङ्ग भएको भन्दै नेता भण्डारीले भने— ‘ओली जी ले राष्ट्रियताका विषयमा जुन चेक दिनु भएको थियो, त्यो पांच बर्षमा बाउन्स हुन्छ, अनि जनताले कारवाही गर्ने छन् ।’
उनले राष्ट्रयताका विषयमा जनतालाई देखाएको सपना अधुरो र अपुरो बन्दै गएको भन्दै जनताले उचित समयमा कारवाही गर्ने बताए ।
भण्डारीले नेपालका नेताहरु भ्रष्टाचारमा लिप्त भएको समेत बताए ।