१५ चैत्र २०८०, बिहीबार
Follow Us

जंगली च्याउ खाँदा एकै परिवारका तीनजनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७६, सोमबार ११:४९

रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।लुङग्री गाउँपालिका वडा नं.६ पाटेगुम्चाल बस्ने २५ बर्षीया फुर्मली बुढाथोकी, उनको सात बर्षीया छोरी सुनिता बुढाथोकी र तीन बर्षीय छोरा पुस्कर बुढाथोकीको जङगली च्याउ खादा मृत्यु भएको हो ।यहि साउन ८ गते जंगली च्याउ खाँदा तिनै जना विरामी परेका थिए । उनीहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा उपचारको आज बिहान मृत्यु भएको ५ न. प्रहरी कार्यालय दागका प्रवक्ता प्रहरी नायव उपरिक्षक नवराज पोख्रेलले बताए ।