१५ बैशाख २०८१, शनिबार
Follow Us

डार्टफोर्ड नेपाली समाजमा कटुवाल

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७६, सोमबार १९:२४

लण्डन । डार्टफोर्ड नेपाली समाजको चौथो वार्षिक साधारण सभाले गजेन कटुवाललाई निर्विरोध रुपमा अध्यक्ष चयन गरेको छ । कटुवालको संयोजकत्वमा तपसिल बमोजिम १६ सदस्यीय कार्यसमिति चयन गरिएकाे छ ।

अध्यक्षः गजेन कटुवाल

उपाध्यक्षः भरत लामिछाने र महिला उपाध्यक्ष( आशा फेराली

महासचिवः लेखनाथ खरेल

सचिवः धन क्षेत्री

कोषाध्यक्षः हरी हाडखले

सदस्यहरुमाः

गोरख कार्की

ध्रुव पौडयाल

मीरा घले

प्रमिला नेपाल

भगवती पांडे घिमिरे

पारिजात पाठक

माधब पराजुली

पवन श्रेष्ठ

प्रकाश थापा

सांस्कृतिक संयोजकः सुनीता थापा

करिब १५० जना उपस्थित रहेको उक्त साधारण सभामा संस्थाका पूर्व उपाध्यक्ष गीता गुरुङको स्वागत मन्तब्यबाट सुरु गरिएको कार्यक्रममा पूर्व अध्यक्ष दीपक थापाले नवनिर्वाचित कार्यसमितिलाई धन्यबाद सहितको शुभकामना मन्तब्य प्रकट गरेका थिए ।

उक्त सधारणसभामा वार्षिक प्रतिवेदन महासचिव बेद भट्टराई तथा आर्थिक प्रतिबेदन सरिता ढकालले प्रस्तुत गरेका थिए ।
चरणबद्ध रुपमा सम्पन्न कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेल तथा बार्बिक्यू समेत आयोजना गरिएको थियो ।

संस्थाका सल्लाहकार चण्डिका भट्टको संयोजकत्वमा अन्य पाँच सल्लाहकार नैनसिंग गुरुङ, डा बच्चू कैनी, नारायण भट्टराई र राजेश पाठक सहितको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गराएको थियो ।

नवनिर्वाचित अध्यक्ष गजेन कटुवालले आफ्नो मन्तब्यमा संस्थाले आगामी दिनमा ठोस रुपमा नियमित भेटघाटको अलावा ४ वटा विशेष क्षेत्रमा ध्यान दिएर काम गर्ने बताएका थिए जसमा

१. संस्थाको सदस्यताः डाटा तथा सूचना अद्यावधिक गर्ने,
२.डार्टफोर्ड आसपासका ब्यवसायिक तथा सामुदायिक नेपाली संघसंस्थाहरुको प्रतिनिधित्व सहितको लूज संगठन निर्माणमा पहल गर्ने जसबाट नेटवर्किंङ तथा समयसापेक्ष्य बहसमा योगदान दिन सकियोस
३.संस्थाको हालसम्मको गतिबिधिलाई समेटेर सामाग्री प्रकाशन गर्ने जसले गर्दा आगामी पिढीलाई हिजोको उपलब्धि रेखांकित रुपमा हस्तांतरण गर्न सकियोस
४. जिम्मेवार र सबैले आफ्मो संस्थाहो भन्ने भावनाको अभिवृद्धिका लागि काम गर्ने

अन्तमा सबैमा धन्यवदा सहित कार्यक्रम सम्पन्न भएको थियो ।