६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रेमिकासहित बोरिस जोनसन सरकारी निवास सरे

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७६, सोमबार १९:५३

३१ वर्षीया

लण्डन- बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसन र उनकी प्रेमिका कारिस स्यमोन्डस सोमबारदेखिे सरकारी निवासमा सरेका छन् । बेलायतको इतिहासमा उनीहरुको जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन् ।

यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट) समस्या समाधान गर्न नसकेकाले निवर्तमान प्रधानमन्त्री टरिजा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

“प्रधानमन्त्री बोरिस आजदेखि औपचारिकरूपमा प्रधानमन्त्री निवासमा बस्न थाल्नु भएको छ, उहाँकी प्रेमीका पनि यही बस्नुहुनेछ,” प्रधानमन्त्रीको सरकारी निवासका प्रवक्ताले भने ।

प्रधानमन्त्री बोरिस ५५ बर्ष र उनकी प्रेमीका स्यमोन्डस ३१ बर्षकी हुन् । उनीहरु पहिलाका प्रधानमन्त्रीहरु बस्नेगरेको स्थानमा भने नबस्ने जनाइएको छ ।