४ बैशाख २०८१, मंगलवार
Follow Us

सभापति देउवा भारत प्रस्थान

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७३, शुक्रबार ०४:२९

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन आज भारततर्फ प्रस्थान गर्नुभयो । सभापति देउवा आजै नयाँ दिल्लीबाट कार्यक्रमस्थल गोवा जानुहुने उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
फाउन्डेसनको कार्यक्रमपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, काँग्रेसआईका अध्यक्ष सोनिया गान्धीलगायत नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्नुुहुनेछ ।
नयाँ दिल्लीमा रहँदा सभापति देउवा जवाहरलाल नेहरु विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा समेत भाग लिनुहुने स्वकीय सचिव देउवाले बताउनुभयो ।
सभापति देउवाका साथ उहाँकी धर्मपत्नी एवम् सांसद आरजु देउवा राणा सहभागी हुनुहुन्छ । सभापति देउवा यही कात्तिक २३ गते स्वदेश फर्कनु हुनेछ ।