८ बैशाख २०८१, शनिबार
Follow Us

डा.विजय आचार्य वेलायतमा सम्मानित

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७६, मंगलवार ०७:५५

लण्डन । वेलायत भ्रमणमा रहेका भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्य सम्मानित भएका छन् ।

डा. आचार्यलाई गैरआवासीय नेपाली संघ युके (एनआरएनए) ले आइतवार अल्डरशटमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै डा. आचार्यले गैरआवासीय नेपालीहरु सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीको अध्यक्षमा सम्पन्न कार्यक्रमलाई महासचिव राज कुमार त्रिपाठीले सम्वोधन गरेका थिए । कार्यक्रममा उपाध्यक्षद्धय पुनम गुरुङ र सुशिला राईको समेत उपस्थिती थियो ।