१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दयानिधिले गरे मिर्गौला रोगीलाई ५१ हजार सहयोग

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७६, बुधबार ००:१२

बेलायतका व्यवसायी एवं सामाजिक अभियन्ता दयानिधि सापकोटाले आफ्नो जन्मदिन मनाउने सम्पूर्ण खर्च मिर्गौला रोगबाट पीडितलाई सहयोगस्वरुप प्रदान गर्नुभएको छ । बेलायतस्थित मिडल्याण्ड लेस्टर निवासी सापकोटाले नवलपरासीको कावासोती नगरपालिका १२ का मिर्गौला रोगबाट पीडित गणेश सापकोटालाई ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको हो ।

३६ वर्षीय सापकोटाको दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपनि आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले आर्थिक सहयोग याचना गर्दै आएको छ । अभियन्ता सापकोटाले भन्नुभयो, ‘म आफ्नो बर्थ डे सेलिब्रेसन गरेर रमाइलो भन्दा पीडित सापकोटाको मुहारमा उज्यालो हेर्न चाहन्थेँ , ‘थोरै भएपनि सहयोग गर्न पाउँदा खुशी छु ।’