१४ बैशाख २०८१, शुक्रबार
Follow Us

परासीमा उद्धारका लागि ५ लाखको डुंगा

sarusaru
१५ श्रावण २०७६, बुधबार ०४:२५

परासी : जिल्ला प्रशासन कार्यालय पश्चिम नवलरासीले बाढी प्रभावितलाई उद्धारका लागि ५ लाख बराबरको रेस्क्यु बोट (डुंगा) खरिद गरेको छ ।

१० जना व्यक्ति अट्ने क्षमताको डुंगासहित अन्य सामाग्रीसमेत खरिद् गरेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले बताए । डुंगा नहुँदा बाढीमा फसेका स्थानीयहरुलाई उद्दार गरी सुरक्षित स्थानमा पु¥याउन कठिनाई हुँदैआएको थियो ।

पश्चिम नवलपरासी बाढीबाट अतिप्रभावित जिल्ला हो । रेस्क्यु बोटसहित खरिद गरिएका सामाग्रीमा ब्यारल हेण्ड पप्प, लाईफ ज्याकेट, ¥याफ्टिङ्ग प्याड, हेलमेटललगायत छन् ।

प्रदेश ५ सरकारले उपलव्ध गराएको रकमबाट उद्धार सामग्री खरिद् गरिएको हो । बाढी वा अन्य प्रकोपबाट हुने क्षतिलाई तत्काल राहत सामग्री खरिद् र राहत रकम उपलव्धका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ रहेको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत दीपक भुसालले बताए ।

जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका डुबानबाट प्रभावित छन् । जसमा सुस्ता, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिका बस्तीहरु सबैभन्दा बढी डुबान हुने गर्छन् ।
यस वर्षको वर्षायाममा बाढी आउने संभाव्यतालाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न संघसंस्थाहरुको समन्वयमा उद्धार सामग्री तयारी अवस्था राखेको छ ।

विभिन्न विषयगत सरकारी कार्यालय र सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको प्रमुख जिल्ला अधिकारी मरासिनीले बताए । यस वर्षको वर्षाले जिल्लाका केही स्थानमा लगाएको बालीनाली सामान्य डुबानमा परे पनि अन्य क्षति नभएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

अन्नपूर्ण पोष्ट