८ बैशाख २०८१, शनिबार
Follow Us

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७६, बुधबार ०७:३५

काठमाडौं–काठमाडौं महानगरपालिका २९ घट्टेकुलोमा डिउटीमा खटिएको प्रहरीलाई नगद ३० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे नमोबुद्ध नगरपालिका २ घर भएका १८ वर्षीय रञ्जन दासलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले दासलाई शंका लागि जाँच गर्ने क्रममा अवैध लागूऔषध चरेश ५ ग्राम, नगद ३७ हजार रुपैयाँ, खुकुरी १ थान, फलामको छिना ३ थान, स्टिलको रड १ थान र रुद्राक्षको माला १ थान सहित फेला पारी नियन्त्रणमा लिन खोज्दा उनले उक्त नगद प्रहरीलाई दिन खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।