१५ चैत्र २०८०, बिहीबार
Follow Us

अहिले ४ बजे सम्मः ४ हजारले लिए एनआरएन युकेको सदस्यता

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७६, बुधबार १६:५७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अगामी सेप्टेम्वरमा हुने निर्वाचनको लागि सदस्यता बन्ने आज अन्तिम दिन हो ।

साँझ ८ बजे सम्म संघको निर्वाचन कार्यालयमा प्राप्त सदस्यहरुले मात्र सो निर्वाचनमा उम्मेदवार बन्न र मतदान गर्न पाउँछन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका प्रवक्ता रमेश सराङकोटीका अनुसार दिउँसो ४.३० बजे सम्म अनलाइनबाट २ सय ९७ जना र फारम मार्फत करिब ३ हजार ६ सयले सदस्यता संघको कार्यालयमा दर्ता भएका छन् । सराङकोटीका अनुसार अध्यक्षका प्रमुख दावेदारहरुले फारम बुझाँउन बाँकी रहेको छ । संघमा प्राप्त आवेदन प्रमाणिकरण गरे पछि मात्र मतदाताको लागि योग्य हुने जानकारी सराङकोटीले दिए ।

निर्वाचन कार्यालयमा पुगेका व्यवसायी विष्णु खरेलका अनुसार साँझ ८ बजे सम्म करिब १० हजार सदस्यता पुग्ने अनुमान गरिएको छ । अध्यक्षका उम्मेदवारहरु शेर सुनार, पुनम गुरुङ्ग, प्रेम गाहामगरले सदस्यता बुझाउन बाँकीनै रहेको बुझिएको छ । निर्णायक मानिएको मिडल्याण्ड क्षेत्रले मात्र यस पटक १८ सय सदस्यता बुझाएको एनआरएन नेता दयानिधी सापकोटाले जनाए ।