१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युकेको सदस्य संख्या करिब १४ हजार

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७६, बुधबार २१:०८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि करिब १४ हजार जनाले सदस्यताको लागि आवेदन दिएका छन् ।

गैरआवासीय नेपाली संघ युकेका प्रवक्ता रमेश । सराङकोटीका अनुसार पूर्वनिर्धारित तालिका अनुसार बुधवार साँझ ८ बजे सदस्यता फारम १३३४३, अनलाईन मार्फत ३१६ तथा पोस्टल एवं राज्य परिषद बाट प्राप्त १९४ गरि कुल १३८५३ सदस्यता दर्ताको लागि फारम प्राप्त भएको छ। अनलाईन मार्फत सदस्यता दर्ता गर्ने अन्तिम सदस्य चर्चित ब्यारिस्टर देवेन्द्र श्रेष्ठ हुन् ।
अध्यक्षका प्रत्यासी शेर बहादुर सुनारले आफ्नो अभियान सफल भएको वताए । उनले भने ‘मैले एनआरएन युकेको सदस्यता १० हजार भन्दा माथि बनाउने अभियान चलाएको थिए आज त्यो अभियान सफल भयो निकै खुशी छुु सुनारले भने ।

उनले आफ्नो समूहको मेहनतको कारणले गर्दा ६ हजार भन्दा बढि सदस्य बनाउन सफल भएको दावी गरे । उनले भने ‘मैले ४ हजार २ सय बनाएको हो बाँकी अन्य उपाध्यक्षहरुले सदस्यता हो’।
आज प्राप्त आवेदन प्रमाणिकरण गरे पछि मात्र मतदाताको लागि योग्य हुने संघका प्रवक्ता रमेश सराङकोटीले जानकारी दिए ।

यस्तै अध्यक्षकी प्रत्यासी पुनम गुरुङ निकटवर्तिका अनुसार गुरुङ समूहले ७ हजारको हाराहारीमा सदस्यता फारम बुझाएका छन् ।

संघको निर्वाचन कार्यालयमा प्राप्त सदस्यहरुले मात्र सो निर्वाचनमा उम्मेदवार बन्न र मतदान गर्न पाउँछन् ।

नयाँ नेतृत्वको लागि निर्वाचन हुने सो अधिवेशनमा वर्तमान उपाध्यक्षहरु पुनम गुरुङ, शेर सुनार, प्रेमगाहा बीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
अध्यक्षका प्रत्यासी प्रेम गाहामगरसंग सम्पर्क हुन सकेन् ।

यो संख्या गैरआवासीय नेपाली संघका विश्वभर छरिएका ८० राष्ट्रीय समिति भन्दा अधिक हो । सदस्यता संख्याको हिसाबले एनआरएन युके विश्वमै ठूलो राष्ट्रीय समिति बन्न सफल भएको छ ।