१५ चैत्र २०८०, बिहीबार
Follow Us

रक्सौल–काठमाडौँ रेलमार्गः ४५ किलोमिटर सुरुङ बन्ने

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७६, बिहीबार ०२:२७

काठमाडौँ– प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्गमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको छ । रेलमार्ग निर्माणका लागि तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको रेल विभागले जनाएको छ ।

भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले तयार पारेको प्रारम्भिक प्रतिवेदन परराष्ट्र मन्त्रालय हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइपुगेको छ । सो प्रतिवेदनमा रेल मार्गको कुल लम्बाइ १३५ किलोमिटर रहेको प्रस्ताव गरिएको छ । “सो रेलमार्गमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको छ”, रेल विभागका प्रवक्ता अमन चित्रकारले भने ।
त्यसैगरी ३५ वटा पुल निर्माणको समेत प्रस्ताव गरिएको छ । सो रेलमार्गका लागि नेपाल सरकारको समन्वयमा कोंकण रेलवे कर्पोरेसन लिमिटेडले करिब एक वर्ष लगाएर प्रतिवेदन तयार पारेको थियो ।
प्रवक्ता चित्रकारका अनुसार वीरगन्जस्थित सुक्खा बन्दरगाहदेखि काठमाडौँको चोभारमा प्रस्तावित सुक्खा बन्दरगाहसम्म कुल १३५ किलोमिटर प्रस्ताव गरिएकोे हो । गोरखापत्र दैनिकमा खबर छ ।