१२ बैशाख २०८१, बुधबार
Follow Us

चन्द समूहका पोलिटब्युरो र स्थायी कमिटी भंग

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७६, बिहीबार ०३:३२

काठमाडौँ – चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कमान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् ।

चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चा’ मा पठाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।