१३ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डनमा भ्यानको ठक्करबाट पण्डित गम्भीर घाइते

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७६, बिहीबार १२:५६

लन्डन । बेलायतको वुल्वीचमा भ्यानको ठक्करबाट एक नेपाली गम्भीर घाइते भएका छन् । पशुपतिनाथ मन्दिरमा पूजारीसमेत रहेका गुल्मीको वामी टक्सारका ६५ वर्षीय दधिराम काफ्लेको बाटो काट्नेक्रममा बिहान पौने ८ बजे भ्यानले ठक्कर दिएको थियो ।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । काफ्ले विगत २० वर्षदेखि चाल्टनमा बस्दै आएका छन् । आर्सनल स्टेशन अगाडि मन्दिर पूजाका लागि हिड्दै गर्ने क्रममा विपरीत दिशाबाट भ्यानको ठक्करबाट काफ्ले घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

बेहोस भएका उनलाई उपचारका लागि एयर एम्बुलेन्सबाट अस्पताल लगिएको छ । काफ्लेको पछिल्लो अवस्थाबारे अस्पतालले केही बताएको छैन ।