१३ बैशाख २०८१, बिहीबार
Follow Us

मातृभूमि रोटरीको चौथो पदस्थापन सम्पन्न

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७६, बिहीबार १७:३७

काठमाडौं । रोटरी क्लब अफ मातृभूमि बालुवाटारले आफ्नौ चौथो पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । रोटरी वर्ष २०१९–२० प्रेसिडेन्ट जयराम सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वेष्ट रोटरीयन अवार्ड, बेष्ट रोटर्याक्ट अवार्ड तथा मातृभूमि हिरो अवार्डबाट सम्मान गरिएको थियो ।

वर्ष २०१८–१९ को वेष्ट रोटरीयन क्लबका सचिव नारायण अधिकारी तथा वेष्ट रोट¥याक्ट अवार्ड प्रकाश पाठकलाई प्रदान गरियो भने सामाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने मातृभूमि हिरोको अवार्डबाट यूवा संचारकर्मी, लेखक एवं घोष्ट राईटिङ नेपालका अध्यक्ष कमल ढकाललाई प्रदान गरियो ।

कार्यक्रममा चर्चित हाँस्य कलाकार एवं समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ ले रंगशाला निर्माणमा रोटरीको सहभागिता रहनेमा आफु विश्वस्त भएको बताए । कार्यक्रममा पास्ट डिस्ट्रिक्ट गभर्नरहरु केशव कुँवर, जया राज्यलक्ष्मी शाह, सञ्जय गिरी तथा ईमिडियट पास्ट प्रेसिडेन्ट चिन्तामणी भट्टराई, डिस्ट्रिक्ट अफिसियलहरुको उपस्थिती रहेको थियो ।

डिस्ट्रिक्ट ३२९२ मा यूवाहरुको क्लब भनेर चिनिने रोटरी क्लब अफ मातृभूमि बालुवाटारको पदस्थापन कार्यक्रममा वर्ष २०१९–२० का प्रेसिडेन्ट जयरामलाई सिग्देललाई चार्टर प्रेसिडेन्ट निगम हुमागाईंले चार्टर प्रमाण पत्र, प्रमुख अतिथि श्रेष्ठले कलर तथा वर्ष २०१८–१९ का प्रेसिडेन्ट विष्णुहरि दाहालले गंग प्रदान गरेका थिए ।