१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युरोपेली भेलामा को को आउदै छन् ? (युके टोलिको नाम सहित)

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७६, बिहीबार २२:१२

रोम । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोपको क्षेत्रीय बैठकमा सहभागी हुन विश्वभरीका एनआरएन रोममा भेला भइरहेका छन । शनिवार देखि शुरु हुन गइरहेको क्षेत्रीय बैठकमा सहभागी हुन विश्वभरीबाट एनआरएन आउने क्रम शूरु भएको हो ।

सोही अवसरमा संघको १० औं महिला भेलासमेत आयोजना गरिँदै छ । युरोपका झन्डै २० वटा मुलुकहरुमा रहेका महिलाहरुले भेलामा सहभागिता हुने एनआरएनले जनाएको छ ।

बैठकमा यूरोपका २८ राष्ट्रिय समन्वय समितीका पदाधिकारी, एनआरएन अग्रज, सल्लाहकार, संस्थापक तथा पूर्व एवं निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष, मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकका आइसीसी एवं एनसीसी प्रतिनिधी, पत्रकार, कलाकार लगायत गरी करीब ५ सय प्रतिनिधी सहभागी हुने अनुमान गरिएको छ ।

‘देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन’ मूल नाराका साथ हुन लागिरहेको बैठकमा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल सहभागी हुने छन् । साथै बैठकमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य,, नेपाली कांग्रेसका नेता शेखर कोइराला, यूरोपस्थित नेपाली राजदूताबासका सबै राजदूत एवं अन्य विशिष्ट व्यक्तित्वहरु सहभागी हुने बताएको छ ।

भेलामा एनआरएनए संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, शेष घले, अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, महिला उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा बद्री केसी, सचिव डिवी क्षेत्री र जानुका गुरुगं, कोषाध्यक्ष हिक्मत थापा, सहकोषाध्यक्ष सोम सापकोटा, महिला संयोजक रजनी प्रधान, युवा संयोजक सुदन थापा, संरक्षक एवम् नागरिकता निरन्तरता कार्यदलका संयोजक राम प्रताप थापा, सल्लाहकार डा हेमराज शर्मा लगायतको उपस्थिति रहने छ ।

अमेरिकाबाट पूर्व अमेरिकाका क्षेत्रीय संयोजक सोनाम लामा, वर्तमान क्षेत्रीय संयोजक गौरीराज जोशी, अमेरिकाका निवर्तमान अध्यक्ष डा केशव पौडेल, ओसनीयाबाट संयोजक धर्मराज अधिकारी, एनसिसी अष्टेलियाका पूर्व अध्यक्ष गणेश केसी, एसिया प्रशान्त क्षेत्रबाट संयोजक किरण विक्रम थापा, मध्य पूर्वबाट संयोजक आर के शर्मा, आइसिसी सदस्य मनोज गोरखाली, श्याम तामांगलगायत सहभागी हुँदै छन् ।

यस्तै गैरआवासीय नेपाली संघ युकेको करिब ५० जनाको टोलिले सो सम्मेलनमा भाग लिने भएको छ । आइसीसी सदस्य तथा सम्मेलन प्रतिनिधिमण्डलका संयोजक रामशरण सिम्खडाका अनुसार युकेको टोलिमा सहभागी हुने अधिकांश प्रतिनिधिहरु शुक्रवार रोम
प्रस्थान गर्दै छन् ।

यी हुन युकेबाट सो सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरु
१. योग कुमार फगामी
२. रामशरण /अनिता सिमखडा
३. कृष्ण तिमिल्सिना
४. चिरन शर्मा
५. नरेन्द्र बस्नेत
६. बिजन भट्ट
७. संगिता मरहठ्ठा
८. आर के त्रिपाठी
९. डा. हेमराज शर्मा
१०. पुनम गुरूड्ग
११. सूर्य गुरूड्ग + ४
१२. सेर ब सुनार
१३. शिवजी श्रेष्ठ
१४. सुरज मास्के
१५. कमल / मुना पौडेल
१६. हेमन्त सेंढाई
१७. सुनिल खड्का
१८. रोजीना राई
१९. फडिन्द्र भट्टराई
२०. सुरेन्द्र श्रेष्ठ
२१. बिराज भट्ट
२२. जीत रानाभाट
२३. राजेन्द्र पुडासैनी
२४. सुशिला राई
२५. चिरन्जिबी ढकाल
२६. थर्क सेन +३
२७. बिराज भट्ट
२८. बिष्णु खरेल
२९. बिनय अघिकारी
३०. अर्कराज तिमिल्सिना
31. ललित न्यौपाने
32 कृष्ण तिवारी
33. रण बहादुर खाती क्षेत्री
34. मोहन गुरुङ 2
35. योगेन क्षेत्री
36. एल एन पाण्डे
37. रेनू पाण्डे
38. अस्मिता पाण्डे
39. अभिनव पाण्डे
40. डा. चन्द्र ब गुरूड्ग x 2
41. पुण्य रेग्मी
42. बिश्वासदीप तिगेला
43. बिरेन खड्का
44. अनिल मल्ल