१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली युवती बनिन् मिस इङ्ल्यान्डको सेकेन्ड रनर अप !

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७६, शुक्रबार ००:२४

लन्डन– बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवतीले प्रभावशाली उपस्थिति जनाएकी छिन्। नेपाली युवती प्रतिष्ठा ‘तृष’ राउत आवेदन दिएका २२ हजारलाई उछिनेर प्रतिस्पर्धाको फाइनलमा सेकेन्ड रनआर अप भईन ।

बिहिवारमा न्युक्यासलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले सो टाइटल हात पारिन। उनले सोहि प्रतियोगितामा टप फण्डरेजरको अवार्ड समेत हात पार्न सफल भईन ।

सेमिफाइनलमा च्यारिटी क्वीन, इको ड्रेस राउण्ड, ब्ल्याक ड्रेस राउण्ड, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङ गरि ५ राउण्ड भएको थियो। तिनै राउण्डको आधारमा अन्तिम ५० जना सुन्दरीहरुले फाइनलमा पुगेकि थिइन्।

हङकङमा जन्मिएकी २६ वर्षीया प्रतिष्ठा बेलायतस्थित शडवरीमा बस्दै आएकी छन्। भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मिना राउतकी एक्ली छोरी उनले १६ वर्षमै मोडलिङ थालेकी थिइन्।

युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तीर्ण प्रतिष्ठा पेशाले प्लोर प्लान आर्किटेक्ट हुन्। प्रतिष्ठाले परिवारको सहयोग र प्रेरणाको मिस इंग्ल्याण्डमा भाग लिएको बताइन्।