७ बैशाख २०८१, शुक्रबार
Follow Us

कृषिमन्त्री खनालले स्वीकारे गल्ती

sarusaru
२० श्रावण २०७६, सोमबार ०२:४४

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले विषादी परीक्षणबारे भारतीय दुतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा नदिएर गल्ती गरिएको स्विकार गरेका छन्।

जेष्ठ २१ गते प्रधानमन्त्री ओलीले सो विषयमा बोलेको तर त्यसको दुई दिनपछि मात्रै भारतीय दुतावासको पत्र दिएको भन्दै उनले गल्ती भएको स्वीकार गरे। आइतबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने मन्त्री खनालले आफ्नो गल्ती स्वीकार गरेका हुन्। ‘हाम्रो कमजोरी के भयो भने त्यस पत्रबारे प्रधानमन्त्री ओलीले २१ गते बोल्नु भयो, त्यो पत्र हामीले २३ गते मात्रै हात पारियो हामीले,’ मन्त्री खनालको स्विकारोक्ति थियो, ‘हाम्रो कमजोरी यही हो, यो हाम्रो मन्त्रालयको, जिम्मेवार निकायको कमजारी हो ।’

मन्त्री खनालले भारतबाट आयातित विषाद परीक्षण तत्कालका लागि रोक्ने निर्णयमा भने आफ्नो मन्त्रालयको कुनै हात नरहेको पटक–पटक दोहो¥याए। यो विषय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित भएकाले विषादी परीक्षण सम्बन्धि निर्णयमा आफ्नो मन्त्रालयको कुनै हात नरहेको उनको स्पष्टिकरण थियो। मन्त्री खनालले आयातित तरकारीमा विषादि परीक्षणको काम जारी रहेको त्यसलाई रोक्ने पक्षमा सरकार नरहेको पनि बताए।

बैठकमा समितिका सदस्यहरुले सो प्रकरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयबीच लज्जास्पद ढंगले विवाद भएको उल्लेख गर्दै त्यसको यथार्थ विवरण समितिमा जानकारी गराउनु मन्त्री खनालको ध्यानाकर्षण गराएका थिए । समितिका सदस्य दलबहादुर रानाले दुई मन्त्रालयबीच विषादी परीक्षणबारे भएको सार्वजनिक विवादले लज्जाबोध गराएको उल्लेख गर्दै त्यसबारे यथार्थ जानकारी गराउन मन्त्री खनाललाई सचेत गराए।

समितिका सदस्यहरुले सरकारले विषादी परीक्षणको कामलाई गम्भिरतापूर्वक नलिएको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए ।

डिसी नेपाल