१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल–भारत सम्वन्ध थप हार्दिक बनाएको सरकारको निष्कर्ष

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७३, शुक्रबार ११:५९

काठमाडौं । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा थप विश्वास जागृत गराएको निष्कर्ष निकालेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मुखर्जीको तीन दिने राजकीय भ्रमणले दुई देशबीचको हार्दिकता अभिबृद्धि गरेको दावीसहित राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी सुरु गर्नुपर्ने निश्कर्ष निकालेको हो । मुखर्जीको स्वागत र सुरक्षाप्रति सन्तोष ब्यक्त गर्दै सरकारले भ्रमणले विदेशी राष्ट्रप्रमुखलगायतका विशिष्टको स्वागत र सुरक्षाका लागि नेपाल सक्षम रहेको सन्देश पनि दिएको निस्कर्ष निकालेको छ ।
मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण निगमको अध्यक्षमा अर्थ मन्त्रालयका राजश्व सचिव राजन खनाललाई र उपेक्षित उत्पीडित दलित वर्ग उत्थान समन्वय समितिको कार्यकारी निर्देशकमा डा. बुद्धिबहादुर नेपालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, ख्वपः विश्व विद्यालयसम्बन्धी विधेयक संसदको विधायन समितिमा पठाउने निर्णय पनि गरिएको छ ।