८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायत सरकारद्धारा फेरी भिसा नीतिमा परिर्वतन

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७३, शुक्रबार ११:५८

बेलायती सरकारले गर्यो भिसा नीतिमा परिवर्तन, आइटी व्यवसायी बढी प्रभावित हुने
बढ्दो प्रवासी आँकडालाई नियन्त्रणमा राख्नका लागि बेलायती सरकारले गैर इयू (यूरोपियन यूनियन) मानिसका लागि आफ्नो भिसा नीतिमा परिवर्तन गरेको घोषणा गरेको छ । यसले विशेषगरी आइटी व्यवसायीलाई प्रभावित गर्नेछ ।

समाचार एजेन्सीका अनुसार बेलायतको होम अफिसको तर्फबाट बिहिबार राती घोषणा गरिएको नयाँ भिसा नीति अनुसार टियर टु इन्ट्रा कम्पनी ट्रान्सफर (कम्पनी भित्रको ट्रान्सफर) श्रेणीका लागि २४ नोभेम्बरपछि आवेदन दिनेहरुको न्यूनतम पारिश्रमिक ३० हजार पाउण्ड हुनुपर्नेछ । योभन्दा पहिला, न्यूनतम पारिश्रमिक २० हजार ८ सय पाउण्ड थियो ।

यसका साथै अनुभवी कामदारका लागि टियर टु (जनरल) को न्यूनतम पारिश्रमिकलाई बढाएर २५ हजार पाउण्ड गर्ने घोषणा गरेको छ । जबकी टियर टु (आइसीटी) ग्रेजुएट ट्रेनीका लागि पारिश्रमिकको लिमिटलाई घटाएर २३ हजार पाउण्ड बनाइएको छ ।

साथै, टियर फोर क्याटेगोरीमा पनि केही परिवर्तनको घोषणा गर्रिको छ जसमा डक्ट्रेट एक्सटेन्सन स्किमको मेन्टेनेन्स अनिवार्य गरिएको छ ।

गैर इयू मानिस (जसमा नेपाली पनि संलग्न छन्) मा नयाँ अंग्रेजी भाषाको आवश्यकताको पनि असर पर्नेछ । यदि कसैले आफ्ना कोही परिवारका सदस्यलाई बेलायतमा साढे दुई वर्षभन्दा बढि समयसम्म राख्न चाहे ती व्यक्तिले फाइभ इयर रुट टू रेजिडेन्सी सेटलमेन्टमार्फत यो शर्त पूरा गर्नुपर्छ ।

मार्चमा गरिएको थियो पहिलो फेजको घोषणाः
ब्रिटेनको होम अफिसको तर्फबाट जारी बयानमा भनिएको छ, ब्रिटेनको होम अफिसको तर्फबाट जारी बयानमा भनिएको छ, ‘टियर टु मा ल्याइएको परिवर्तनको दुई फेजमध्ये पहिलो फेजको घोषणा मार्चमा गरिएको थियो ।’

‘पहिलो फेजको घोषणा इन्डिपेन्डेन्ट माइग्रेसन एडभाइजरी कमिटिले यसको समिक्षा गरेपछि निर्णय गरेको थियो ।’ यदि यो विषयमा यसको विपरित कुनै आदेश नआए यो नीतिलाई २४ नोभेम्बरदेखि लागू गरिने बताइएको छ ।