७ बैशाख २०८१, शुक्रबार
Follow Us

यस्तो भयो एनआरएनए क्षेत्रीय बैठकको समापन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७६, सोमबार १७:४३

रोम— गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भ्रमण वर्ष २०२० कार्यक्रमसँग सहकार्य गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेको छ । गत शुक्रबारबाट इटालीस्थीत रोममा भएको १२ औं युरोप बैठकले भ्रमण वर्षलाई सघाउने गरी भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यबीच सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।

बैठककै अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल भ्रमण वर्ष २०२० बीच सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।घोषणापत्रमा गैरआवासीय नेपालीमाझ भिजिट नेपाल २०२० को औपचारिक सुरुवात समेत भएको उल्लेख छ ।

एनआरएनएले नेपालको हवाइ कम्पनीहरुलाई युरोपेली संघ (ईयू) को कालोसूचीबाट हटाउन पहल गर्ने जनाएको छ ।
‘नेपाली हवाइ कम्पनीहरुलाई आफ्नो सेवा युरोपसम्म विस्तार गर्ने वातावरण बनाउन नेपाल सरकारलाई अनुरोध गरिन्छ,’ घोषणामा भनिएको छ । भ्रमण वर्षमाथि थप ऐक्यबद्धता जनाउँदै यो अभियानमा होमिन गैरआवासीय नेपालीहरुलाई बैठकले आहृवान समेत गरेको छ ।
यस्तै, बाढी पीडितको सहयोगको लागि एनआरएनएका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।